सिरहा । यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीले आज नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत गरेको उक्त बजेटमा चालुतर्फ ७९ करोड ४० लाख अर्थात ४७।२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात कूल बजेटको ५२।७२ प्रतिशतको बजेट प्रस्तुत गर्नुभएको हो ।
यसअन्तर्गत शिक्षातर्फ २३ करोड ५८ लाख, स्वास्थ्यतर्फ २७ करोड ९३ लाख, कृषितर्फ आठ करोड ६६ लाख र पूर्वाधारतर्फ ५० करोड विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
नगरपालिकाको आन्तरिक आय रु २५ करोड हुने अनुमान गरिएको छ । सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताए ।
नगरप्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा रोजगार र लागुपदार्थ दुव्र्यसन विरुद्ध विशेष फड्को मारेको जिकिर गरे । उनले आगामी बाँकी दुई वर्षे कार्यकालमा थप तथा नवीनतम कार्यहरु गर्ने लक्ष्य राखी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।
FACEBOOK COMMENTS