काठमाडौं । रोयल इनफिल्डले अयोजना गरेको ‘हन्टर ब्रेकफाष्ट राइड’ सम्पन्न भएको छ । रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ‘हन्टर ब्रेकफाष्ट राइड’ कार्यक्रम आयोजना गरिएको हो ।
उक्त राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइर्डस्हरु सहभागी भएका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना, सुरक्षित राइड, ठाऊ संरक्षण एवम् प्रर्बद्धन गर्नु रहेको थियो ।
मंसिर २३ गते बिहान ७:३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुमदेखि दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिलसम्मको रहेको थियो ।
FACEBOOK COMMENTS