काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ ।
लागु औषध कारोबारमा संलग्न भारतीय नागरिकले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ ।
टोखाको ग्राण्डी अस्पताल नजिकै भएको यस घटनामा दुई जनालाई गोली लागेको छ भने अन्य चार जनालाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट लागुऔषध बरामद गरेको छ ।
६ जना भारतीय नागरिकले लागुऔषधको कारोबार गर्न लागेको सूचनाका आधारमा प्रहरी पुगेपछि घटना भएको बताइएको छ ।
गोली चल्दा दुईजना प्रहरी घाइते भएका छन् । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।
FACEBOOK COMMENTS