काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।सरकारले कर्फ्यु घोषणा गरेपनि प्रभावहीन देखिएको छ ।
कर्फ्यु लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।
संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।
प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् ।
FACEBOOK COMMENTS