काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये २ जना महिला र ६ जना पुरुष रहेका छन् । प्रहरीका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस बिहान सवा ११ बजे सडकबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
FACEBOOK COMMENTS