काठमाडौं । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो ।
दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ । ठक्करपछि बसमा आगो लागेको थियो । बसमा ३२ यात्रु सवार थिए ।
हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।
FACEBOOK COMMENTS