काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमद्वारा गरिएको एक अध्ययन अनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ८५ प्रतिशत योगदान पुर्याएको छ ।
प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब साढे ८१ प्रतिशत रहेको र कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ । यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको प्रतिवेदनको निष्कर्ष छ ।
अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमद्वारा गरिएको सो प्रतिवेदन हेर्दा नेपालको आधा भन्द बढि अर्थतन्त्र निजी क्षेत्रको कारण चलिरहेको छ भन्दा फरक सायद नर्पला ।
तर पछिल्लो समय केहि नाम चलेका निजी क्षेत्रका व्यावसायीहरुलाई पूर्णरूपमा दोषी नभए पनि नाम जोडिएकाहरूलाई प्रारम्भिक अनुसन्धानका लागि अहिले थुनामा राखिएको छ । जसले गर्दा उनीहरुको मानसिक स्वास्थ्यामा नकारात्मक असर पर्नुका साथ साथै निजी क्षेत्रका व्यावसायहरु प्रति मानिसको विश्वास घट्ने सम्भावना देखीन्छ ।
हाल ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ९ जनालाई छानबिनका लागि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये व्यवसायी मिनबहादुर गुरूङ पनि छन् । त्यस्तै उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ र राजु सिंह सुवाल पक्राउ परेका छन् ।
उनीहरूलाई एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि प्रहरीले सोधपुछका लागी भनेर पक्राउ गरेको बताएको छ ।
आरोप सावित भएको खण्डमा कारबाहिको हुनबाट छुट गरिनु पर्छ भनेको हैन् तर आरोप नै पुष्टि नभइकन थुनामा राख्दा त्यसले सो व्यक्तिको व्यावसाय र मानसीक स्वास्थ्यामा कस्तो असर पर्ना जाला ? र आगामादिनमा थप लगानी कल्ले गर्ला ?
त्यस्तै यसबारे आवज उठाउनु पर्ने निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सले भने हाल सम्म कुनै किसिमको अभिव्यक्ति दिएका छैनन् ।
ऐन, नियम र कानुनभन्दा माथि कोही नभएको भन्दै व्यवसायीलाई नै त्रसित पार्ने गरी सरकारले कदम चलाउन विज्ञहरुको बताउछन् । एउटा सफल व्यक्ति बन्नको लागी दिनरात नभनी गरेको मेहिनत पुष्टि नभइकन नै आरोपित घोषित गरिदिदा त्यसले समाजीक र मानसिक अवस्थामा कस्तो असर पर्न सक्ला भन्नेबारे पनि ध्यान जान जरुरी देखिन्छ ।
FACEBOOK COMMENTS