काठमाडौं । काठमाडौंको खिचापोखरी र न्यूरोड क्षेत्रको व्यापार व्यवसाय प्रवर्द्धनको उद्देश्यले सप्ताहव्यापी सेल कार्यक्रम आयोजना गरिएको छ ।
खिचापोखरी न्यूरोड व्यापार संघको पहल र स्थानीय सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूको समन्वयमा खिचापोखरी न्यूरोड सप्ताहव्यापी सेल कार्यक्रम आयोजना गरिएको हो ।
संघलाई त्यस क्षेत्रका व्यापारी व्यवसायीहरूले गरेको आग्रहबमोजिम सेल कार्यक्रम आयोजना गरिएको संघले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
बुधबारदेखि सुरू हुने सेल कार्यक्रम भदौ ११ गते सम्म हुनेछ ।
यस पटकको सेल कार्यक्रमबाट उक्त क्षेत्रमा किनमेल गर्न आउने देशभरका ग्राहकहरूले अधिकतम छुटको सुविधा लिएर फाइदा उठाउन सक्ने जनाइएको छ ।
संघले यस्तो कार्यक्रम वार्षिक दुई पटक आयोजना गरिने र भविष्यमा मेला महोत्सवको रूपमा विकास गर्दै लैजाने योजना रहेको बताएको छ ।
FACEBOOK COMMENTS