काठमाडौं । कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स ९बीआई० को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा बीएससी (ऑनर्स) बिजनेस इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)नामक नयाँ शैक्षिक कार्यक्रम शुरु गरेको हो ।
बर्तमान समयको माग अनुसार ‘बिएस्सी अन्स बिजनेस इन्फर्मेसन टेक्नोलोजी बीआईटी नामक स्नातक तहको कार्यक्रम सुरु गरेको कलेजले जनाएको छ ।
सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमा तयार पारिएको यो कार्यक्रम एआई, डेटा विश्लेषण, बिजनेस इन्टेलिजेन्स तथा डिजिटल व्यवसाय प्रणालीमा केन्द्रीत रहेको दावी गरिएको छ ।
व्यावसायिक निर्णय प्रक्रियामा डेटा र प्रविधिको प्रयोग बढ्दै गएका कारण प्रविधि तथा व्यवस्थापन दुवै क्षेत्रमा समान बुझाइ भएका जनशक्तिको माग बढिरहेको सन्दर्भमा कार्यक्रम ल्याइएको हो । सनवेका अनुसार १२ कक्षा उत्तीर्ण गरेपछि व्यवस्थापन वा सूचना प्रविधिमध्ये कुन विषय रोज्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई दुवै क्षेत्रको ज्ञान एउटै पाठ्यक्रममार्फत प्रदान गर्ने उद्देश्य फनि कार्यक्रमको रहेको छ ।

कार्यत्रमबारे जानकारी दिदै कलेजका प्रिन्सिपल कुशल रेग्मीले अहिलेको व्यवसायिक परिवेशमा प्रविधि र व्यवस्थापनलाई अलग–अलग रुपमा बुझेर मात्र पर्याप्त नहुने बताए । उनका अनुसार नेपाल र विश्वव्यापी रुपमा नै एआई, डेटा र बिजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय लिन सक्ने जनशक्तिको आवश्यकता बढ्दै गएको छ ।

नयाा पाठ्यक्रममा बिजनेस इन्टेलिजेन्स एन्ड डेटा एनालिटिक्स, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति, टेक्नोलोजी तथा वित्तीय व्यवस्थापनलगायत विषय समावेश गरिएको छ । कार्यक्रम उद्योगको आवश्यकता र रोजगारी बजारलाई ध्यानमा राखेर तयार गरिएको कलेजले जनाएको छ ।

यसैबीच, कलेजले विद्यार्थी तथा युवा उद्यमीलाई लक्षित गर्दै स्टार्टअप इन्क्युबेशन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । ऊक्त कार्यत्रममार्फत व्यवसायिक अवधारणालाई परिष्कृत गर्ने, उद्यममा रूपान्तरण गर्ने तथा बजारसम्म पुर्याउन सहयोग प्रदान गरिादै आएको बताइएको छ ।
कलेजले हालै स्थापना गरेको एआई इनोभेसन सेन्टरमार्फत कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ तथा नवप्रवर्तनका गतिविधि पनि सञ्चालन भइरहेको जनाएको छ । यसले विद्यार्थीलाई वास्तविक समस्याको समाधानमा आधारित प्रविधि प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रिन्सिपल रेग्मीका अनुसार कार्यक्रम पूरा गरेका विद्यार्थीले बिजनेस इन्टेलिजेन्स विश्लेषक, एआई व्यवसाय परामर्शदाता, डिजिटल उद्यमी, डेटा तथा प्रणाली व्यवस्थापकलगायत विभिन्न क्षेक्रमा करियर विकास गर्न सक्नेछन् ।
सो कार्यत्रमकमा लागि भर्ना प्रक्रीया शुरु भएको कलेजले जनाएको छ । प्रारम्भिक चरणमा सीमित संख्याका मेधावी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको कलेजले जनाएको छ । यो शैक्षिक कार्यक्रम बेलायतस्थित बर्मिंघम सिटी युनिभर्सिटीसँग सम्बन्धित रहेको कलेजले जानकारी दिएको छ ।