काठमाडौं । व्यवसायी कृष्ण दुलाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा मनोनीत भएका छन् । महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार उनलाई कार्यकारिणी समितिमा मनोनयन गरेका हुन् ।
उनको कार्यकाल विद्यमान कार्यकारिणी समितिको पदावधि रहँदासम्म कायम हुनेछ । दुलाल यसअघि पनि एक कार्यकाल महासंघको कार्यकारिणी सदस्य थिए ।
दुलाल नाडा अटोमोबाइल्स एसोसिएशनका पूर्वअध्यक्ष र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन् । उनी कीर्तिपुर जेसिजका पूर्वअध्यक्ष पनि हुन् ।
FACEBOOK COMMENTS