चितवन । नवलपुरको बुलिङटार गाउँपालिका–२, भेलौरीस्थित कालिगण्डकी करिडोर सडकखण्डमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ ।
बुधबार अपराह्न पोखराबाट कालीगण्डकी करिडोर हुँदै गैँडाकोटतर्फ जान लागेको ग१ख ९५४६ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बसमा झापा बिर्तामोडस्थित निदी आदर्श कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू रहेको प्रहरीले जानकारी दिएको छ ।
शैक्षिक भ्रमणबाट फर्कँदै गरेको बसको ब्रेक पाइप फुटेर ब्रेक नलागी सडक छेउको भित्तामा ठोक्किएर पल्टिएको बताइएको छ ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

FACEBOOK COMMENTS