काठमाडौं । लगातारको वर्षाका कारण लेदोसहित ढुंगा झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट लेदोसहित ढुंगा झरेपछि शनिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
बिहानैदेखि लगातार पानी परिरहेको र ढुंगा खस्न नरोकिएकाले सडक सञ्चालन हुन केही समय लाग्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेखण्डमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक थम्मन रानाले दाउन्ने क्षेत्रमा सवारी आवागमनमा शुक्रबारदेखि नै समस्या आइरहेको जानकारी दिए ।सडक अवरुद्ध भएपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।
FACEBOOK COMMENTS