नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
यस सडक खण्डको दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिनुका साथै बर्षाले दुम्किबासको बिनयी खोला र चोरमारास्थित गिरुबारी खोलाको डाईभर्सन बगाएकोले सडक अवरुद्ध भएको हो ।
ट्राफिक प्रहरी कार्यालय नवलपरासी पुर्वले सडकको निर्माण कार्यमा केहि समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
साथै अहिले निर्माण कार्य अवधीभर उक्त सडक हुदै संचालनहुने सवारी साधन क्यूमा बस्नु पर्ने भएकोले सम्पुर्ण सडकप्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गर्नुभई क्यूमा लामबद्ध अवस्थामा बसी सवारी आवागमनमा सहयोग गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS