काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गर्ने भएको छ ।
कम्पनिले एफपीओ रद्द गरी हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS