हेटौंडा । मकवानपुरको हेटौंडा-१२ मा भएको स्थानीय तहको उपनिर्वाचनअन्तर्गत वडाध्यक्ष पदमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए ।
यसअघि यो वडा माओवादी केन्द्रले जितेको थियो ।
माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो ।
FACEBOOK COMMENTS