काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।
आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ । आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गरेका थिए।

