काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता शक्तिको राजनीतिमा ढंग नपुर्याउँदा नागरिक आफूहरूसँग रिसाएको बताएका छन् ।
विशेष महाधिवेशनको उद्घाटनसत्रलाई आइतबार भृकुटीमण्डपमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘भदौ २३ मा गैरन्यायिक हत्या भयो । २४ गते विध्वंस भए । यति मात्रै भएको होइन ।
जेन–जी मात्रै होइन, नेपालका लाखौँ नरनारीले रिस आक्रोश असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारमा हामी थियौँ ।
सरकार र संसदमा हामी थियौँ । हाम्रो काम, भ्रष्टाचार कुशासनले जनता रिसाएका हुन्,’ थापाले भने, ‘राजा फालेर गणतन्त्रका नेपोबेबीको राज देखेर जनता रिसाएका हुन् ।’
चुनाव एउटासँग मिल्ने, सरकार अर्कोसँग बनाउने तर नतिजा नदिने भएपछि जनता रिसाएको उनले बताए । यसैले नाम मात्रै नभई कामैले विशेष बनाउन विशेष महाधिवेशन बोलाएको उनको भनाइ छ ।

FACEBOOK COMMENTS