काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिना अर्थात भदौमा आयात, निर्यातसँगै ब्यापार घाटा पनि घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को सोहि अवधिको तुलनामा चालु आवमा आयात, निर्यातसंगै ब्यापार घाटा पनि घटेको तथ्यांक विभागले जनाएको छ ।
चालु आवको भदौ महिनामा आयातमा १३ प्रतिशत, निर्यातमा ३४ प्रतिशत र ब्यापार घाटामा ९ प्रतिशतले गिरावट आएको हो ।
सो अवधिमा देशमा कुल २ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ भने २८ अर्ब ६४ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । त्यसैगरि नेपाललाई २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबरको ब्यापार घाटा भएको छ ।
उक्त अवधिमा नेपालले ११६ देशसँग कारोबार गरेको छ । जसमध्ये ९५ वटा देशसँग नेपालको ब्यापार घाटा रहेको छ ।
११६ वटा देशमध्य नेपालले सबैभन्दा धेरै भारतबाट आयात गरेको छ भने निर्यात पनि धेरै भारतमा नै गरेको छ । त्यसैगरि नेपालले आयात धेरै गर्ने देशको सुचिको दोस्रो नम्बरमा चिन, तेस्रो नम्बरमा इन्डोनेशिया चौथो नम्बरमा अफगानिस्थान र पाँचौ नम्बरमा जोर्डन रहेको छ । नेपालले धेरै निर्यात गर्ने देशको दोस्रो नम्बरमा अमेरिका रहेको छ भने तेस्रो, चौथो र पाँचौ नम्बरमा क्रमश जर्मन, बेलायत र टर्कि रहेका छन् ।
नेपालले धेरै निर्यात गर्ने देशको १७ औँ नम्बरमा चिन रहेको छ ।
FACEBOOK COMMENTS