काठमाडौं । न्यू इनर्जी भेइकल्स (एनईभी) क्षेत्रमा चर्चित सवारी निर्माता कम्पनी बीवाईडीले एक करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुङ्गा हासिल गरेको छ ।
चीनको सेन्झेन–शानवेई स्पेसल को–अपरेसन जोनमा अवस्थित जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले एक करोड ३० लाखौँ युनिट सवारीको रुपमा सार्वजनिक गरेर उत्सवसमेत मनाएको हो ।
सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको बताइएको छ । गत जनवरीदेखि जुनसम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ ।
यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यू इनर्जी भेहिकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र एक करोड ३० लाख न्यू इनर्जी भेहिकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
प्रोडक्सन लाइनमा एक करोड ३० लाखौं सवारीको रुपमा न्यू इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरुको आशा र विश्वासलाई प्रतिविम्बित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ ।
याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।
FACEBOOK COMMENTS