शेन्जेन, चीन । विश्वकै प्रमुख नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौं एनईभी गाडी सियाओमी उत्पादन केन्द्रको शेन्जेन-शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ ।
कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्भे । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।
१ करोड नयाँ ऊर्जा सवारीसाधन (एनईभी) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ । कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।
१ करोडौं गाडी, डेन्जा जेठनाइन्, गेम साइन्सका संस्थापक एवम् सीईओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरियो ।
वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए । उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमागडेको इन्जिनियरिङ कल्चर रहेको टिप्पणी दिए । उनले भने, ‘बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो ।’
बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक किन् सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरूसँग अन्तर्वार्ता गरेका छन् । यी जानकारीहरू ‘द सोल अफ इन्जिनियर्स’ नामक पुस्तकमा संकलित गरिएको छ ।
भविष्यतर्फ हेर्दै वाङले बीवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गरे र बीवाईडीका आधारभूत मार्गनिर्देशको परिचय दिए । यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ । यस संरचनाले भविष्यका वर्षहरूमा बीवाईडीको निरन्तर वृद्धि र इनोभेसनलाई मार्गदर्शन गर्नेछ ।
आगामी योजनामा बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन शृंखलामा व्यापक सुधार ल्याउनेछ । यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको छ ।
FACEBOOK COMMENTS