काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ ।
यसमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८, एफसीबी बाओ५, डेन्जा जेड९ जीटी, डेन्जा डी९, र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ । अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।
इभेन्टमा लाइभ डेमोको सिरिज देख्न सकिन्छ । बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ । बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ । जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सहित उपलब्ध छ ।
डेन्जा जेड९ जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।
फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् । विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा टिकट निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।
FACEBOOK COMMENTS