काठमाडौं । विश्वभरि विद्युतीय सवारीसाधन र दिगो मोबिलिटी समाधानमा प्रख्यात बनिरहेको चिनियाँ प्रविधि कम्पनी बीवाईडी समूह इटालियन फुटबल क्लब इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर बनेको छ ।
एफसी इन्टरनासियोनाले मिलानो इन्टर मिलानसँग आगामी तीन वर्षका लागि ग्लोबल अटोमोटिभ पार्टनरको रूपमा रणनीतिक साझेदारी सुरू गरेको घोषणा गरेको हो ।
उक्त सम्झौतालाई विद्युतीय सवारी उद्योग र विश्व फुटबल क्षेत्रबीचको सबैभन्दा महत्वपूर्ण सहकार्यमध्ये एक मानिएको छ । बीवाईडी र इन्टर मिलान दुबैले नवप्रवर्तन, उत्कृष्टताको खोजी, नेतृत्वको आकांक्षा र युवाको सम्भावनालाई मूर्त रूप दिने साझा दृष्टिकोण बोकेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्टर मिलानले विश्वभर ५३३ मिलियन भन्दा बढी फ्यान रहेको दाबी गरेको छ । विशेषगरी चीनमा, जहाँ बीवाईडीको मुख्यालय छ, क्लबका १५४ मिलियन समर्थकहरू छन् । दक्षिण अमेरिकामा पनि इन्टरको प्रभावशाली उपस्थिति छ, जसमा लगभग ९० मिलियन फ्यान रहेको जनाइएको छ । त्यहाँका धेरै खेलाडीहरूले क्लबको इतिहास निर्माणमा योगदान दिएका छन् ।
FACEBOOK COMMENTS