काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरका लागि नयाँ नियम ल्याएको छ । मनाङ एयरको दुर्घटनापछि क्यानले उडानमा केही कडाइ गरेको छ ।
नयाँ नियमअनुसार मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ ।
प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्नेसमेत बताएको छ ।
हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णयसमेत भएको छ ।
मंगलबार सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । चालकबाहेक सबै मेक्सिकन नागरिक थिए ।
FACEBOOK COMMENTS