काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
मंगलबार बस्ने गरेको बैठक प्रधामन्त्रीको व्यवस्थताका कारण हुन सकेको थिएन ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ जाँदैछन् ।
बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई प्रस्थान गर्ने कार्यतालिका रहेको छ । यूएइ प्रस्थान गर्नु अघि बैठक बोलाइएको हो ।
FACEBOOK COMMENTS