काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रालयको जिम्मेजारी आफैले लिएका छन् ।
नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्डले आज सरकार पुनर्गठन गरेका छन् । सरकार विस्तार भएसँगै पुर्ण मन्त्री नभए पनि जिम्मेवारी नतोकी तीन जना मन्त्रीले सपथ लिएका छन् ।
आज एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले मन्त्री पदको सपथ लिएका छन् । उनीहरुलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
उनीहरुको कार्यभार पछि तोकिने राष्ट्रपति कार्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री दाहालले अहिले २२ वटै मन्त्रालय आफूसँगै राखेका छन् ।
FACEBOOK COMMENTS