काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।
उनले अब विश्वासको मत लिने तयारी गरेका छंन् । एमालेका मन्तीहरुले राजीनामा दिएपछि बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा नदिएर विश्वासको मत लिने मन्त्रीहरुलाई जानकारी गराएका छन् ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय जानकारी गराइन् ।
‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ’ उनले भनिन् ‘कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।’
FACEBOOK COMMENTS