काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । प्रधानमन्त्री ओली आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण जाने भएका छन् ।
संयुक्त राष्ट्र संघ र सदस्य राष्ट्रहरूले आयोजना गरेको भूपरिवेष्ठित विकासशील देशहरूसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन साउन १९ देखि २३ सम्म तुर्कमेनिस्तानको अवाजामा ‘साझेदारी मार्फत प्रगति हासिल गर्ने’ भन्ने विषयवस्तुमा आयोजना हुन लागेको छ ।
FACEBOOK COMMENTS