जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने
कर्पोरट खबर
9:42 pm, बिहीबार, असोज ९, २०८२
काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता बाहेक काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
मन्त्री खरेलले भन्नुभयो, “यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका प्रतिपरिवारलाई (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक) १० लाखको दरले आर्थिक सहायता र काजकिरिया, खाना खर्च र खाना खर्चबापत पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।”
FACEBOOK COMMENTS