काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छ्न् ।
संयुक्त राष्ट्रसंघको महासभा भदौ २५ देखि असोज १२ सम्म न्यूयोर्कमा हुँदैछ ।
प्रवक्ता गुरूङले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड रूपैयाँ ऋण लगानी गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकले बिम्स्टेक कृषि मन्त्रीस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको छ भने भदौ ३१ मा काठमाडौंमा हुने नेपाल-अमेरिका टिफा काउन्सिलको सातौं बैठकमा नेपालका तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गरी वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
बैठकले दूरसञ्चार कम्पनी नेपाल टेलिकमको रिक्त प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याललाई नियुक्त गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले बैठकले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रूपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।
यी हुन् मन्त्रिपरिषदका निर्णय-
FACEBOOK COMMENTS