काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
बैठकले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिको आजैको बैठकले अर्थविद् विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा नियुक्तिका लागि मन्त्रिरिषद्समक्ष सिफारिस गरिसकेको छ ।
यसअघि आजै बिहान सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।
पौडेल कांग्रेसनिकट हुन् । उनको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ ।
FACEBOOK COMMENTS