काठमाडौं । सरकारले दुईवटा पालिकाको पालिका केन्द्र परिवर्तन गरेको छ ।
गत सोमबार (जेठ २६ गते) बसेको मन्त्रिपरिषद् बैठकले दाङको शान्तिनगर गाउँपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन गरेको हो ।
निर्णय अनुसार शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नं. ४ चिराघाटबाट सोही वडाको जुम्लेकुला र महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नंं. ४ कमलपोखरीबाट वडा नंं ८ लुभुस्थित देवीस्थान कायम गरिएको छ ।
विस्तृतमा हेर्नुहोस्–
FACEBOOK COMMENTS