काठमाडौं । मन्त्रिपरिषदकाे बैठक आज साँझ बस्ने भएको छ ।
बैठक साँझ ६ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ । हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ ।
स्मरणीय छ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ‘घुस डिल’ प्रकरणमा मुछिएर उनको राजीनामा माग भइरहेका बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
FACEBOOK COMMENTS