काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको जानकारी दिए ।
त्यस्तै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय भएको पनि बताए । त्यसैगरी बैठकले विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS