काठमाडौं । गत भदौ २३ र २४को जेन–जी व्रिदोहदेखि उदाएका सुधन गुङले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा शक्तिशाली गृह मन्त्रालय पाएका छन् ।
मन्त्रिमण्डलमा प्रधानमन्त्री बालेन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछि गुरुङलाई तेस्रो वरियता दिइएको हो । ‘हामी नेपाल’का संयोजक गुरुङ जेन–जी व्रिदोहमा पानी बाँडेदेखि चर्चामा आएका थिए ।
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी रास्पाबाट गोरखा १ मा चुनाव जितेका हुन् । बालेन्द्र निकट भएका उनै सुधनलाई यसपटक अप्रत्याशित –रूपमा शक्तिशाली गृह मन्त्रालय दिइएको हो ।
गृह मन्त्रालयमा डिपी अर्यालदेखि सुनिल लम्सालसम्मको चर्चा थियो । तर, ३८ वर्षीय सुधनले यो शक्तिशाली मन्त्रालय आफ्नो पोल्टामा पारेका हुन् ।
यसअघि मन्त्री भइसकेर यसपटक फेरि परराष्ट्रको जिम्मेवारी पाएका शिशिर खनाल सुधनपछिको वरीयतामा छन् ।

FACEBOOK COMMENTS