काठमाडौं । मन्त्रिपरिषद्कोले बैठकले आगामी माघ २२ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय लिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयगत छलफलपछि मन्त्रिपरिषद् बैठक राखेका थिए ।
आगामी बजेट र नीति तथा कार्यक्रमबारे सिंहदरबारमा छलफलपछि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
FACEBOOK COMMENTS