काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ ।
मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ ।
त्यसैगरी हुम्ला–फुकोट ४०० केभी विद्युत् प्रसारण लाइनका लागि ११३ रोपनी सरकारी जग्गा प्रयोगका लागि अनुमति दिने निर्णय पनि सरकारले गरेको छ ।
FACEBOOK COMMENTS