काठमाडौँ । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको वैठकले यही माघ १८ गतेदेखि सुरू हुने अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद् सचिवालयमा दर्ता भएको छ, उक्त अध्यादेश कार्यान्वयन गर्न नियमावली निर्माणको निर्णय बैठकले गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने ।
आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरूङले सुशासन प्रवर्द्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे ।
FACEBOOK COMMENTS