काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युतसम्बन्धी विवादलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा स्थगित भएको थियो ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS