मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक आज बिहान साढे १० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो ।आजको बैठकमा सरकारले संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। स्रोतका अनुसार चार मन्त्रालय खारेज र छ मन्त्रालयको नाम परिवर्तन गर्न सक्ने बताइएको छ ।