काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्न सम्झौता भइसकेको छ ।
कम्पनीको प्रतिसेयर अङ्कित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको हाे ।
३ अर्ब ४९ करोड रुपैयाँ कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीले जनाएकाे छ ।
त्यसमध्ये चुक्ता पुँजीको २ प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँ परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ ।
चुक्ता पुँजीको १० प्रतिशत २१ करोड ५० लाख रुपैयाँ सर्वसाधारणलाई छुट्याइने शर्माले बताए।
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ ।
लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ १ हजार १ सयभन्दा बढी लगानीकर्ता छन् ।
FACEBOOK COMMENTS