काठमाडाैं । ग्लोबल टी २० क्यानडाको उपाधिका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेका टोली भिड्ने भएका छन् ।
सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्रसिंह ऐरीको टोली मोन्टरिएल टाइगर्स आइतबार राति उपाधिका लागि आमनेसामने हुँदै छन् । फाइनल खेल आज राति पौने १० बजे हुनेछ ।
यसअघि लिग चरणको खेलमा दीपेन्द्र सम्मिलित टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराएको थियो ।
दीपेन्द्र सम्मिलित टाइगर्सले शनिबार राति दोस्रो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई एक विकेटले हराउँदै सन्दीपको टोलीसँगको भेट पक्का गरेको हो ।
उता सन्दीप सम्मिलित सर्रेले भने पहिलो क्वालिफायर खेलमा नाइट्सलाई नै ३८ रनले हराउँदै फाइनलमा पुगेको छ ।
सन्दीपको टोली सर्रे शीर्ष स्थानमा रहँदै साझो क्वालिफायर खेल्दा दीपेन्द्रको टोलीले भने एपलमिनेटर खेल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
एलिमिनेटर खेलमा दीपेन्द्रको टोलीले ब्राम्पटन वल्भसलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
FACEBOOK COMMENTS