काठमाडौं । नेपालमा हुवावे उत्पादनहरूको एकमात्र आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालि.(कल मोबिलिटी प्रालि) ले देशको द्रुत रूपमा विस्तार हुँदै गएको फिटनेस समुदाय मेल्टडाउन नेपालसँग एक वर्षे रणनीतिक सहकार्यको घोषणा गरेको छ।
सोमबार जारी विज्ञप्तिअनुसार, उक्त सहकार्यले आधुनिक प्रविधि र सक्रिय जीवनशैलीलाई नेपाली उपभोक्तामाझ स्वास्थ्य–केन्द्रित डिजिटल अनुभव विस्तार गर्ने लक्ष्य राखेको छ। विशेषगरी, हुवावेका स्मार्टफोन, वेयरेबल (पहिरनयोग्य) उपकरण तथा स्मार्ट डिभाइसहरूलाई फिटनेस गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
यस सहकार्यअन्तर्गत मेल्टडाउन नेपाल ले आयोजना गर्ने दौड, प्रशिक्षण सत्र, तथा डिजिटल सामग्रीमार्फत युवा पेशेवर र फिटनेसप्रेमीहरूको सक्रिय सहभागिता बढाइनेछ। यसले प्रविधि र फिटनेसलाई व्यवहारिक रूपमा जोड्दै प्रयोगकर्तालाई वास्तविक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
सहकार्यको औपचारिक सुरुवात आगामी अप्रिल १५, २०२६ मा हुवावे ब्यान्ड ११ सिरिजको नेपालमा भव्य सार्वजनिकरणसँगै हुने बताइएको छ, जसलाई यस अभियानको मुख्य आकर्षणका रूपमा हेरिएको छ।
सहकार्यबारे बोल्दै बिजया रोका क्षेत्रीले भनिन्, “यो सहकार्यले दैनिक जीवनमा प्रविधिको प्रभावकारी प्रयोगलाई प्रवद्र्धन गर्दै फिटनेस–केन्द्रित समुदायसँग प्रत्यक्ष रूपमा जोडिने हाम्रो लक्ष्यलाई अझ मजबुत बनाउँछ। हामी नेपाललाई थप स्वस्थ र सक्रिय बनाउने दिशामा काम गरिरहेका छौँ।”
कल मोबिलिटी प्रा.लि.नेपालमा हुवावे का उत्पादनहरूको आधिकारिक वितरक हो, जसले विभिन्न स्मार्ट डिभाइस तथा वेयरेबल उपकरणहरू उपलब्ध गराउँदै आएको छ। यस्तै, मेल्टडाउन नेपाल फिटनेसमार्फत मानिसहरूलाई जोड्ने उद्देश्यसहित सक्रिय समुदाय निर्माणमा केन्द्रित संस्था हो।
थप जानकारीका लागि तलका लिंकमा गएर हेर्न सकिने कल मोबिलिटी प्रालिले जनाएको छ।
