काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखलाई पत्राचार गर्दै विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको हो।
उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको २०८३ असार ९ गतेको पत्रलाई आधार बनाउँदै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलनिकट विद्यार्थी संगठनका संरचना हटाउन भनिएको उल्लेख गरिएको छ।
