काठमाडौं । ‘आईएमई–पे क्यान इन्फोटेक–२०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । मेलामा शनिबार अवलोकनकर्ताको उल्लेख्य भीड बढेको छ ।
शनिबार मेलामा आएकाहरु निकै उत्साहित पनि देखिएका थिए । शनिबार मेलामा आउनुहरु विद्यार्थी तथा युवा पुस्ताका पनि अन्य सरह नै रहेका थिए । कोरोना महामारीका कारण मेला रोकिको थियो । कोरोना महामारी न्यून भएपछि सुुरु भएको मेलामा आउँला आफुलाई उपयोगी हुने धेरै स्टलहरु रहेको र त्यहाँको बारेमा जानकारी लिएको अवलोकनकर्ताहरुको भनाइ छ ।
मेलामा बुद्धनगरबाट आएका प्रमिता श्रेष्ठ आफू शनिबार छुट्टीको समय बिताउन मेला हेर्न आएको भएपनि मेलामा भने आफूलाई चाहिने धेरै वस्तुहरु रहेको बताउँछीन् । ‘धेरै पछि आयोजना भएको मेलामा म जस्ता युवा तथा विद्यार्थीहरुलाई उपयोगी हुने वस्तुहरु एकै ठाँउमा होला भन्ने मैले अपेक्षा गरेको थिएन । तर यहाँ आएर मैले करिब तीन घन्टा अवलोकन गरे । एकै ठाँउमा मलाई आवश्यक पर्ने धेरै जानकारीहरुले लिए ।’
उनले मेलामा नआउनेहरुलाई पनि आउन आग्रह गरिन । ‘अहिले धेरैलाई ठाँउ ठाँउमा गएर आफुलाई चाहिने वस्तुको जानकारी लिन सम्भव हुँदैन’ उनले भनिन् ‘एकै ठाँउमा बसेर प्रविधि लगायतको जानकारी लिनको लागि आउनु होला । एकै ठाँउमा बसेर धेरै कुरा जानकारी लिन सकिन्छ । मेलामा युवा पुस्ता, विद्यार्थी, प्रविधिमा चासो राख्नेहरुको लागि यो मेला निकै लाभदायक रहेको छ ।’
मेलाको अवलोकन गर्न किर्तिपुरबाट आएका कृतन नत्डुकार पनि मेला सोचेभन्दा धेरै नै राम्रो भएको बताउँछन् । एकै ठाँउमा घुम्दा धेरै कुराको जानकारी लिन सकिने भएकाले उनले पनि मेलामा आउन नभ्याएकाहरुलाई आउन आग्रह गरे ।
मेलामा एकै स्थानबाट बदलिदो प्रविधिको बारेमा जानकारी लिन, नयाँ ग्याजेटहरुको जानकारी लिन, ल्यापटप लगायतका बारेमा जानकारी पाउन सकिने उनको भनाइ छ । उनी यस्तो मेला नेपालमा मात्रै नभएर देशका विभिन्न स्थानमा आवश्यक पर्ने बताउँछन् । विभिन्न जिल्लामा पनि यस्तो मेला आयोजना गर्ने हो भने जिल्लाका मानिसले पनि थाहा पाउने बताउँछन् ।
यो वर्षको मेला पहिलाका भन्दा निकै फरक रहेको छ । यो वर्ष इन्फोटेकमा आईसीटी एक्सेसेरिजका स्टलभन्दा ब्राण्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन तथा प्रडक्ट लञ्चिङमा अवलोकनकर्ताहरूको निकै आकर्षण देखिएको छ ।
यसअघिका इन्फोटेकमा कम्प्युटर, ल्यापटप, मोबाइल तथा अन्य आईसीटी एक्सेसेरिजका स्टलहरूमा भीड देखिने गरेको थियो । अहिले भने उपभोगकर्ताको अपेक्षा बदलिन थालेको पाइएको छ ।
शनिबार इन्फोटेकमा गायक सुशान्त केसी, र्यापर गिरीस खतिवडा, गायक स्वप्न सुमन, पब्जी खेलाडी इन्दु मल्ल लगायतको सहभागिता रहेको थियो । जसले गर्दा इन्फोटेकमा आएकाहरु झनै उत्साहित भएका थिए ।
शनिबार डिस होमले नयाँ प्रडक्ट ‘क्याम्पस वाईफाई’ सार्वजनिक गरेको छ । इन्फोटेकमा आउने अवलोकनकर्ताको आकर्षकको केन्द्र पनि नयाँ प्रडक्ट बनेको छ । शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ आयोजना गरेको छ । जसले गर्दा अवलोकनकर्ताको ध्यान तानेको छ ।
शनिबार एससीटी स्मार्ट क्यूआर, आईएमई–पे, भायानेट, वल्र्ड लिंक, नमस्ते–पे, डिशहोम फाइबर नेट, नेपाल क्लियरिङ हाउस (एनसीएलएल) लगायतका निकै भिड रहेको थियो । यस्तै विभिन्न कलेजहरुमा पनि भिड बढेको थियो । इन्फोटेकमा विभिन्न बैंकहरुले पनि स्टल राखेका छन् । बैंकमा पनि अवलोकनकर्ताको निकै भीड थियो ।
इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरूका स्टल तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनका स्टलहरू अवलोकनकर्ताको निकै भिडभाड देखिएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक रहेको छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शनमा राखिएको छ ।
कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ । त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको छ ।
प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सह–संयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए ।
उनका अनुसार आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमणमा आएका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहानेहरूले सय रुपैयाँ तिरेर इन्फोटेक भ्रमण गरिरहेको उपाध्यक्ष पोद्दारको भनाइ छ । १ सयको टिकट काटेर भिजिट गर्नेको संख्या भने तुलनात्मक रूमा कम रहेको उनको भनाइ छ । ‘प्रविधिको प्रयोगबाट १ रुपैयाँ मै क्यान इन्फोटेक भिजिट गर्ने अवसर रहेको छ’ उपाध्यक्ष पोद्दारले भने, ‘यो मौकाको फाइदा उठाइ सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा पोख्त बन्ने र अथाह ज्ञान लिने अवसरलाई खेर नफाल्न सम्पूर्णमा आग्रह गर्दछु ।’
सूचना तथा सञ्चार प्रविधि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेला आगामी सोमबारसम्म जारी रहने छ ।
इन्फोटेकलाई सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न संघसंस्था तथा कम्पनीहरूले प्रायोजन गरेका छन् । महासंघका अनुसार क्यान इन्फोटेक, २०२२ को टाइटल स्पोन्सर आईएमई–पे, एसोसिएट स्पोन्सर एससीटी, स्मार्ट क्यूआर र युनियन–पे तथा प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन छन् । त्यस्तै डायमण्ड स्पोन्सर डिशहोम फाइबरनेट, गोल्ड स्पोन्सरमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर स्पोन्सरमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् ।
त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रूपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्स–ल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रूपमा अल्ट्रा एलईडी रहेका छन् । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रूपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रूपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।
इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ । अफिसियल, प्रायोजक र फुडकोर्टसमेत कुल १७० वटा स्टल रहेको छ ।
FACEBOOK COMMENTS