काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज ओमानसँग खेलिरहेको छ ।
यस खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा नेपाली क्रिकेटर शेर मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका छन् । मल्लले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको सेमिफाइनलमा खेल्दै एकदिवसीय डेभ्यु गरेका हुन् । उनी नेपालको तर्फबाट एकदिवसीय डेभ्यु गर्ने ४५औं खेलाडी बनेका छन् ।
यस खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, बसिर अहमद, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी रहेका छन् ।