बिजी मल्टिकेयर विगत २० वर्षदेखि क्यान इन्फोटेकमा सहभागि हुँदै आएको छ ।
यो वर्ष पनि बिजनेश एकाउन्टिङ सफट्वयरहरूमा विशेष विशेषता र छूटसहित सहभागी भएका छौँ । बिजनेश एकाउन्टिङ सफ्टवयरहरू मोबाइलबाटै चलाउन मिल्नेगरी ल्याएका छौँ भने क्यानअघि वा क्यानपछि १५ हजार रूपैयाँ पर्ने सफ्टवयर अहिले १० हजार रूपैयाँमै उपलब्ध गराएका छौँ । यो साविकको मूल्यमा करीब ३० प्रतिशतले कम हो ।
म्यानुफ्याक्चर, टे«डिङ बिजनेश, एनजीओ/आईएनजीओ, ज्वयलरीहरू, विद्यालय, होटेल, डिपार्टमेन्ट र मिनीमार्टहरूका लागि हामीले उत्पादन गरेका सफ्टवयर पर्फेक्ट तरिकाबाट प्रयोग गर्न सकिन्छ । हाम्रो सफ्टवयर प्रयोग गरिसकेपछि तपाइँहरूले स्वदेश तथा विदेशका कुनै पनि ठाउँबाट मोनिटरिङ गर्न तथा चलाउन सक्नुहुने छ । मोबाइल तथा ट्याबमा चलाउन मिल्ने सफ्टवयरहरू धेरै छन् तर बिजी मल्टिकेयरका उत्पादन प्रयोग गर्न अरुभन्दा धेरै सजिलो छ ।
सफ्टवयर कसैले खरीद गरिसकेपछि हामीले उहाँलाई एक वर्षसम्म निःशुल्क तालीमसहितको सर्भिस दिने गरेका छौँ । त्यसपछि केही समस्या आएको खण्डमा थोरै शुल्कसहित तुरुन्त सर्भिस दिँदै आएका छौँ ।
FACEBOOK COMMENTS