धनगढी । बैतडीबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार २९१ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाए । चन्द नेपाल क्रिकेट संघका अध्यक्ष हुन् ।
यस्तै, बैतडीबाटै जितको ह्याट्रिक गरिसकेका एमालेका दामोदर भण्डारी भने तेस्रो स्थानमा रहे । उनले १७ हजार ९१ मत पाए ।
FACEBOOK COMMENTS