पोखरा । १० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबैे सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने जनाएको हो ।
डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्य पु¥याउन र डायलासिस सेवा प्रवाहकोे क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरकोे उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ । शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।
स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ । सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ । आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पु¥याउन सरकारले ५ करोड बिनियोजन गरेकोे छ । मनाङ, मुस्ताङ, मध्यविन्ददु प्रदेश संक्रामक अस्पतालको भवन निर्माणमा१३ करोड रुपैयाँ विनियोजन भएको छ ।
FACEBOOK COMMENTS