क्यान्सर सर्भैभरशिप र पेडियाट्रीक प्यालेटिव केअर बालिय प्रशामक सेवा विषयक एक महत्वपूर्ण सरोकारवालाहरूको बैठक सफलतापूर्वक सम्पन्न भयो।
यो कार्यक्रम कान्ति बाल अस्पताल द्वारा आयोजना गरिएको थियो र नेपाल चाइल्डहुड क्यांसार एलायन्स को सहयोगमा, रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सर द्वारा संचालित परियोजनाअन्तर्गत सम्पन्न गरिएको थियो।
यसले अनुभव बोकेका बालबालिका, अभिभावक, स्वास्थ्य क्षेत्रका प्रमुख व्यक्तिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसहित सबैलाई एकै स्थानमा ल्याएर कथा साझा गर्ने, चुनौतीहरू उठाउने र सहकार्यको नयाँ बाटो तय गर्ने अवसर प्रदान गर्यो।
यस कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विश्व स्वास्थ्य संगठन नेपाल बाल रोग विशेषज्ञ समाज, ल्ब्एऋबचभ, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यक्रमको पहिलो सत्रमा केन्द्रित थियो भने दुई जना क्यान्सर विजेताहरूले आफ्नो जीवनयात्रा सुनाउँदै कार्यक्रमको सुरुवात गरे, जसले प्रेरणा, दृढता र आशाको वातावरण सिर्जना गर्यो।
यसपछि डा। सानी सिपाइ कान्ति बाल अस्पताल द्वारा सञ्चालित एक अन्तरंग तथा प्रभावशाली प्यानल छलफल भयो, जहाँ बाल क्यान्सरबाट बचेका बालबालिकाका अभिभावकहरूले आफ्ना संघर्ष, यात्रा, र विजयका कुरा हृदयस्पर्शी रूपमा प्रस्तुत गर्नुभयो।

यस सत्रले खुला संवाद र साझा सिकाइका लागि महत्वपूर्ण मञ्च प्रदान गर्यो, जसले स्वास्थ्यकर्मीहरूलाई कगचखष्खयच तथा उपचार भइरहेका बालबालिका र उनीहरूको परिवारको अनुभव नजिकबाट सुन्ने अवसर दियो।

दोस्रो सत्र बालीय प्रशामक सेवामा केन्द्रित थियो, जुन क्यान्सर व्यवस्थापनको एक अत्यन्त महत्वपूर्ण पाटो हो। डॉ। निशा ज्योति श्रेष्ठले नेपालको विद्यमान प्यालेटिव केअर सेवाहरू, संरचना र आवश्यकताहरूबारे प्रस्तुति दिनुभयो। त्यसपछि डॉ। अलीना देवी भण्डारी र सुश्री हिमानी बिष्ट सहितका स्वास्थ्यकर्मीहरूले एक्ष्ऋग्रल्क्ष्ऋग् मा प्यालेटिव केअर तालिम प्राप्त गरेपछि देखिएका महत्वपूर्ण परिवर्तन र प्रभावहरूबारे आफ्ना प्रत्यक्ष अनुभवहरू साझा गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा विशेषज्ञहरू र सरोकारवालाहरूले खुला छलफलमार्फत नेपालमा क्यान्सर भएका तथा जीवन सीमित अवस्थाका बालबालिकाका लागि सहयोगी संरचनालाई अझ सुदृढ बनाउन के–कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा सामूहिक विचार विनिमय गर्नुभयो ।

अन्त्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रतिनिधि, ध्ज्इ, ल्भ्एब्क्रल्ब्एऋबचभ तथा अन्य स्वास्थ्य पेशेवरहरूले क्गचखष्खयचकजष्उ र एबििष्बतष्खभ ऋबचभ प्रवद्र्धनका लागि आफ्नो प्रतिबद्धता पुन: व्यक्त गर्नुभयो ।

यो ऐतिहासिक बैठकले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ सहकार्यपूर्ण, करुणामय र परिवार–केन्द्रित बनाउने दिशामा एक महत्वपूर्ण फड्को मारेको छ, जसले प्रत्येक बालबालिका र परिवारको यात्रालाई सीप, संवेदना, र अविचल समर्थनसहित साथ दिने सुनिश्चित गर्दछ।

FACEBOOK COMMENTS