काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सम्मानस्वरूप प्रयोगमा नल्याउने निर्णय गरेको छ ।दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।
पारसले नेपाली क्रिकेटलाई पुर्याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने बताएको हो ।
FACEBOOK COMMENTS